Logo

मैत्रीपूर्ण खेलमा नेपाल बंगलादेशसँग पराजित



काठमाण्डौ,बैशाख १३ । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपालको राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) बंगलादेशको पाहुना टोली नारायणगंज क्लबसँग ५–३ गोल अन्तरले पराजित भएको छ ।

राष्ट्रिय फोटो पत्रकारिता दिवस २०८१ को अवसरमा एनएफपिजे नेपालले मैत्रीपूर्ण खेल आयोजना गरेको प्रतियोगिता ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको थियो । खेलमा बङगलादेशको तर्फबाट जाकिर होसेन सहिमले ३ र मय्हेदी हसन तोपुले २ गोल गरे भने नेपालको तर्फबाट सुमन लिम्बुले २ र दीवाकर शेनले एक गोल फर्काए ।

फोटो पत्रकारिता दिवसको अवसरमा खेलकुदको माध्यमबाट छिमेकी राष्ट्रहरुसँगको आपसी सम्बन्ध बलियो बनाउँदै लैजाने उद्देश्यले मैत्रीपूर्ण फुटबल आयोजना गरिएको समुहका अध्यक्ष प्रदीपराज वन्तले जानकारी दिए । नारायणगंज क्लबसँगको खेल खेल्नुअघि कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङले खेलाडीलाई बल हस्तान्तरण गरेका थिए । सहभागी सम्पूर्ण खेलाडीहरूलाई मेडल प्रमाणपत्रसंगै मायाको चिनो प्रदान गरिएको थियो ।

मैत्रीपूर्ण फुटबल प्रतियोगितालाई सफल बनाउन प्रिन्टिङ एक्सप्रेस र म नेपाली ब्राण्डले जर्सीबाट सहयोग गरेको थियो भने गोल्ड स्टार सूजले फूटबल जुत्ता तथा एन्फा एकेडेमीले खेल मैदान उपलब्ध गराएको थियो ।

त्यस्तै हिमाल हस्पिटलले स्वास्थ्य टीम उपलब्ध गराउँदा नेपाल एरहोस्टेजले स्वयंसेवकको भूमिका निर्वाह गरेको थियो । कार्यक्रममा ढाका टोपी प्रज्वल ओझाले सहयोग गरेका थिए भने स्वतिश्री गुरुकुल स्कुल र ललितपुर महानगरपालिका र गोकर्णेश्वर नगरपालिका वडा नम्बर ९ आरुबारीले पनि साथ दिएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता