Logo

नेपालले जापानमा वाटा ओपन तेक्वान्दो खेल्ने



काठमाडौँ, वैशाख १२ गते । नेपालको तेक्वान्दो टिमले जापानमा हुने २० औँ वाटा ओपन अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता २०२४ मा सहभागिता जनाउने भएको छ ।

जापान वाटाको आयोजनामा हुने सो प्रतियोगितामा अल जापान तेक्वान्दो संघ र ओसाका तेक्वान्दो संघको सहयोग रहनेछ । नेपालका अन्तर्राष्ट्रिय तेक्वान्दो निर्णायक अशोक खड्काले २४ देशको सहभागिता रहने सो प्रतियोगितामा खेल्न १५ सदस्यीय नेपाली तेक्वान्दो टिम बिहिबार जापान प्रस्थान गर्ने जानकारी दिनुभएको छ ।

सो प्रतियोगितामा साग स्वर्णधारी वीरबहादुर महराले ७४ केजी मुनि, श्रीकृष्ण खड्काले ८७ केजी मुनि, निरज देउवाले ८७ केजी माथि, चन्द्रबहादुर राना मगरले ५८ केजी मुनि र धनबहादुर तामाङले ६८ केजी मुनि प्रतिस्पर्धा गर्नुहुनेछ । यसैगरी टार्जन कायात मगर र युकेश थापा मगरले पुम्से अन्डर ३० मा आआप्mनो चुनौती पेश गर्नुहुनेछ । महिलातर्फ सुस्मा श्रेष्ठले यु६२ र सानी राना मगरले यु ७३ मा खेल्नुहुनेछ । भजिन्द्रबहादुर क्षेत्री पुरुष र विद्या राईले महिला प्रशिक्षकको जिम्मेवारीमा रहनुभएको छ ।

महेश्वर फुयालको नेतृत्वमा रहेको सो तेक्वान्दो टोलीमा टिम म्यानेजरमा रविन कोइराला र अफिसियलमा घनश्याम गौतम हुनुहुन्छ । सो प्रतियोगतामा रेफ्रीको भूमिका निर्वाह गर्न खड्का पनि नेपाली तेक्वान्दो टिमसँगै जापान जानुहुनेछ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता