Logo

जेनिथ क्वाटरफाइनलमा



काठमाडौं, भदौ १९ गते । जेनिथ तेश्रो केएमसी अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा मंगलबार क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
बुद्धनगरस्थित आयोजक केएमसीको कोर्टमा जेनिथले बाल दीक्षा सदनलाई ४७–२३ ले पराजित ग¥यो । जेनिथका सुशिल शाहीले २० अंक जोडे ।

जुनियर ब्वाइजमा सनसाइनले इनोभेटिभलाई २१–१२, एआईएले बाल दीक्षा सदनलाई २५–१४ र पुष्पसदनले नेरिक एकेडेमीलाई १८–१२ ले हराए । सनसाइनका विख महर्जनले १४, एआईएका प्रणव शाहले ११ र पुष्पसदनका मातृका बुढाथोकीले ८ स्कोर गरे ।

सिनियर गल्र्समा एनसीसीएसले रिलायन्सलाई २२–१७, इनोभेटिभले आयोजक केएमसीलाई २१–१८, चेल्सी वल्र्ड स्कुलले एलाइट ग्रान्डलाई २१–१६ र साइपाल एकेडेमीले बाल दीक्षा सदनलाई ११–८ ले पन्छाए । एनसीसीएसकी विभा महर्जनले १२, इनोभेटिभकी रिड्डी मगरले १८, चेल्सीकी श्रृष्टि शाहले ८ र साइपालकी आयुष्मा पल्छरिनले ७ अंक बटुले ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता