Logo

इनोभेटिभ क्वाटरफाइनलमा



काठमाण्डौं, भदौ ।  इनोभेटिभ तेश्रो केएमसी अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा आइतबार क्वाटरफाइनल प्रवेश गरेको छ ।

बुद्धनगरस्थित आयोजक केएमसीको कोर्टमा इनोभेटिभले एनसीसीएसलाई २०–१३ ले पराजित ग¥यो । इनोभेटिभका लागि समुन्द्र बोहराले सर्वाधिक ८ स्कोर गरे ।
सिनियर ब्वाइजमै नेरिक, भद्रघले र काठमाडौं जेभियर पनि आ–आफ्नो खेल जित्दै क्वाटरफाइनलमा स्थान सुरक्षित गर्न सफल रहे ।

नेरिकले आयोजक केएमसी ‘ए’ लाई ३२–१८ ले हरायो । नेरिकका सुशल मगरले १७ अंक जोडे । भद्रघलेले आयोजक केएमसी ‘बी’ २४–१५ ले पाखा लगायो । भद्रघलेका दिवस मगरले १८ अंक बटुले । एलाइट ग्रान्ड विरुद्धको खेलमा काठमाडौं जेभियर २४–१० ले विजयी भयो । विजेताका रमित श्रेष्ठले १० अंक जोडे ।

सिनियर ब्वाइजकै अन्य लिग खेलमा बाल दीक्षाले सेन्ट पाउललाई २०–१८ तथा सनसाइनले एआईएलाई ३९–२३ ले पन्छाए । बाल दीक्षाका साहिल महर्जनले ९ तथा सनसाइनका सुदिप प्रधानले १२ स्कोर गरे ।

सिनियर गल्र्समा एलाइट ग्रान्डले साइपाल एकेडेमीमाथि १५–११ को जित दर्ता ग¥यो । एलाइटकी सियन्ना श्रेष्ठले ९ स्कोर गरिन् ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता