Logo

उमा कुङफुको राष्ट्रिय रेफ्री सेमिनार



काठमाण्डौं,भदौ १७ गते । नेपाल उमा कुङफु संघको आयोजनामा छैटौं राष्ट्रिय रेफ्री सेमिनार शनिबार जरंकुमा सम्पन्न भएको छ । भदौ २२ र २३ गते जरंकुमै हुने छैटौं राष्ट्रिय उमा कुङफु प्रतियोगितालाई लक्षित गरी आयोजना गरिएको एकदिने सेमिनारमा १५ निर्णायकको सहभागिता रहेको नेपाल उमा कुङफु संघका अध्यक्ष सिद्धार्थ लामाले जनाएका छन् ।

सहभागीहरुमा रिजा महर्जन, रविन पुटुवार, निराजन मुक्तान, सिवान सुनुवार, मनीष पुटुवार, सुनिता श्रेष्ठ, सुनमाया तामाङ, श्रृषा खनाल, पासाङ तामाङ, मनोज विन्दुकार, शिव कुँवर, राजदीश नेम्कुल, सरिना घले, गोपाल थापा र सुरेन्द्र राई रहेका छन् ।

उनीहरुलाई अन्तर्राष्ट्रिय निर्णायक सिद्धार्थ लामा, संजीतकुमार राई, दीपक श्रेष्ठ, रमेश महर्जन, कमल मगर र सञ्जयराज पुटुवारले परिवर्तित नियमलगायतका बारे जानकारी गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता