छन्द कविता वाचिका सरु गुरागाइलाई क्यान्सर उपचारका निम्ति सहयोग गर्न सवैलाई अपिल

लुइभेल, केन्टकी । छन्द कविता वाचिकाको रुपमा परिचित सरु गुरागाइलाई क्यान्सर रोगको पहिचान भएको छ । स्पाइनल कर्डमा समस्या देखिएपछि विगत एक वर्षदेखि उपचाररत गुरागाइलाई हालैमात्रै क्यान्सर पहिचान भएको हो ।
रामायण लगायत थुप्रै रचनाहरुमा सुमधुर स्वर दिएकी वाचिका गुरागाइ हाल अमेरिकाको केन्टकी राज्यको लेक्जिनटनमा ७ वर्ष र २२ महिनाका दुइ वच्चाहरु र पति मुरारी गुरागाइका साथमा वसोवास गर्छिन ।
सरुका पति मुरारी गुरागाइले उपचारका निम्ति गोफण्ड मार्फत सहयोग गर्न सवैलाई अपिल गरेका छन् । उपचारका निम्ति ५० हजार डलर उठाउने लक्ष्य राखिएको छ ।
सहयोगका निम्ति यो लिंकमा जानुहोला ।
https://gofund.me/2a28b3a4