Logo

एशिया कप : आज बाङ्लादेश र श्रीलंकाबीच खेल हुँदै



काठमाडौं, भदौ १४ । एशिया कप अन्तर्गत आज बाङ्लादेश र श्रीलंकाबीच खेल हुँदैछ । नेपाली समय अनुसार दिउँसो ३ः१५ बाट शुरू हुने खेलमा बाङ्लादेश शकिब अल हसनको कप्तानीमा र श्रीलंका दसुन शनाकाको कप्तानीमा मैदानमा उत्रदैछन्।

यस पटकको एशिया कप ‘हाइब्रिड मोडल’मा सञ्चालन भएकाले यो खेल श्रीलंकाको पल्लिकेली रंगशालामा हुनेछ। यसअघि हिजो भएको पाकिस्तान र नेपालबीचको खेल पाकिस्तानको मुल्तान क्रिकेट रंगशालामा भएको थियो।

प्रतियोगितामा बाङ्लादेश र श्रीलंका समूह ‘बी’मा छन्। यी टोलीसँगै यो समूहमा अफगानिस्तान पनि छ। नेपाल, भारत र पाकिस्तान समूह ‘ए’मा छन्। नेपालविरुद्धको खेलमा जित हात पारेसँगै पाकिस्तान दुई अंक सहित समूह ‘ए’को शीर्ष स्थानमा छ। पाकिस्तानले शनिबार चिरपरिचित प्रतिद्वन्द्वी भारतको सामना गर्नेछ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता