Logo

आज र भोलि काठमाडौंका १ दर्जन बढी सडकमा सवारीसाधन चलाउन नपाइने



काठमाडौं, भदौ १४ । आज र भोलि काठमाडौंका १ दर्जन बढी सडकमा सवारीसाधन चलाउन नपाइने भएको छ । आज गाईजात्रा र भोलि नेपाल संम्वत् ११४३ गुँलागा दुतिया मनाउने भएकाले काठमाडौं महानगरपालिकाले यी दुई दिन काठमाडौंका विभिन्न क्षेत्रमा सवारी आवगमन निषेध गरेको हो ।

महानगरका अनुसार असन–केलटोल–इन्द्रचोक मखन–हुमानढोका दरबार परिसुर– मरु टोल– चिकँमुगल–जैशिदेवल ज्याबहाल–लगन चोक–गोफल–ब्रम्हटोल–वन्डे– ह्युमत–जैशिदेबल–कोहिटि–भिमसेनस्थान–मरुटोल लगायत रुटमा सवारी साधन प्रवेश निषेध गरिएको छ ।

सांस्कृतिक पर्वका बेला ठूलो संख्यामा मानिसको आवतजावत हुँदा भीड हुने भएकाले महानगरले ती रुटमा सवारीसाधन चलाउन रोक लगाएको हो ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता