Logo

यति, ओम्नी र गिरिबन्धु टी-स्टेटलगायत प्रकरणमा छानबिन गर्न प्रधानमन्त्री प्रचण्डलाई ओलीको चूनौती



काठमाडौं, भदौ ११ गते । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले यती, ओम्नी र गिरीबन्धु टी–स्टेटलगायत विभिन्न प्रकरणमा छानबिन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई चूनौति दिएका छन् । आज (सोमबार) आयोजित जनप्रतिनिधिसँग केपी ओली कार्यक्रममा बोल्दै ओलीले यस्तो बताएका हुन् ।

एक साताअघि सम्पादकहरुसँगको छलफलमा प्रधानमन्त्री प्रचण्डले गिरिबन्धु टी स्टेट प्रकरणको पनि छानबिन गर्ने बताएका थिए । धेरै प्रधानमन्त्री दाहालको उक्त अभिव्यक्ति एमालेलाई दबाबमा राख्ने चूनौति भएको भनेर विश्लेषण गरेका थिए । त्यसको एक सातापछि ओलीले आज सबै प्रकरणको छानबिन गर्न चूनौति दिएका हुन् ।

उनले भने, ‘त्यतिबेलादेखि अहिलेसम्म छानबिन गर भनिराखेका छौं त । के यती होल्डिङस, यती होल्डिङस भनेर कराइरहेको, वाइडबडी, गर न त छानबिन अनि जाऊ आफैं जेलमा, वाइडबडीको छानबिन गर, जेल जाऊ । अस्तिसम्म ललितानिवास ललिता निवास भन्दै थिए । अहिले कस्तै भागारे भाग छ । कोही यताबाट कोही उताको ढोकाबाट भागाभाग छ ।’

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता