Logo

संसदीय समितिको सभापतिमा सन्तोष चालिसे



काठमाडौं, ११ भदौ । नेपाली कांग्रेसका नेता एवं अर्थ समितिका नवनिर्वाचित सभापति सन्तोष चालिसेले मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउन लाग्ने प्रतिबद्धता जनाएका छन् ।
‘अर्थ समिति अन्तर्गत अर्थमन्त्रालय, राष्ट्रिय योजना आयोग र नेपाल राष्ट्र बैंक पर्छन् । विज्ञसहितको २६ जनाको समिति छ । सम्बन्धित संस्थानका साथीहरुलाई ल्याएर मुलुकको विद्यमान अवस्था बुझ्ने र छलफल गरेर अघि बढ्ने हो । समितिले पाँचौं पञ्चवर्षीय योजना बाहिर ल्याउँछ । नयाँ मौद्रिक नीतिले के फरक पार् यो भन्ने पनि जनसमक्ष ल्याउँछ । बैंकिङ क्षेत्रको सुस्तता हटाउन के कस्तो नीति र कानुन चाहिन्छ भनेर व्यापक छलफल गर्छ । समग्रमा आर्थिक नीतिमार्फत अर्थतन्त्रलाई चलायमान बनाएर जाने विषयमा धेरै काम गर्न सकिन्छ,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग उनले भने ।
संसदीय समितिको सभापति चयनसँगै पार्टीको शेखर–गगन समूह असन्तुष्ट भयो नि भन्ने प्रश्नमा चालिसेले भने, ‘मेरो विचारमा यो निर्णय हुनुभन्दा अगाडि नै छलफल हुनुपर्ने विषय हो । संसदीय समितिको सभापति बनाउने निर्णय पार्टीले लिएको हो । शेखर कोइराला, गगन थापा पनि मेरा आदरणीय नेता हुन् । मैले सबैको समर्थन पाएको छु । मैले संसदीय सुनुवाइ समितिमा जीवन परियारको नाम सुनेको छु । दुई-तीन दिनपछि त्यसको प्रक्रिया सुरु हुने कुरा सुन्नमा आएको छ ।’
भागबन्डाको राजनीति अहिलेको बाध्यता भएको पनि उनले औंल्याए । चालिसेले थपे, ‘भागबन्डाको राजनीति हुनुहुँदैन भन्ने नै हो । तर कसैको एकल बहुमत छैन । सबैलाई खुशी पार्नुपर्ने बाध्यता छ । त्यसैले राप्रपा पनि भागबन्डा आयो । राप्रपा आएसँगै कोशी प्रदेशको संकट पनि टर् यो ।’
उनले मन्त्री बन्ने योग्यता पूरा गर्न संसदीय समितिको सभापति स्वीकार गरेको बताए । चालिसेले भने, ‘म मन्त्री बन्न छाडेर संसदीय समितिको सभापति बनेको होइन, मन्त्री बन्ने गरी बन्या हो । योग्यता पुर् याएको हो । मन्त्री त कहाँ छाडिन्छ र ? एक वर्ष कुर् भनेर कुरिरा हो । मन्त्री बन्नुभन्दा पनि जनताको काम गर्न सजिलो हुन्छ ।’ आफूलाई मन्त्री बनाउन नेता प्रकाशमान सिंह, गगन थापा सबै तयार हुने दाबी पनि उनले गरे ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता