जनतासँग माओवादी बिशेष रुपान्तरण अभियान सुरु

सुर्खेत,भदौ १० । जनतासँग माओवादी बिशेष रुपान्तरण अभियान अन्तर्गत आइतबार चाैकुने गाउँ कमिटीको बिशेष बैठक सम्पन्न भएको छ । नेकपा माओवादी केन्द्र चाैकुने गाउँ कमिटी सुर्खेतमा नेकपा माओवादी केन्द्र तीन महिने अभियान “घर घरमा माओवादी जन जनमा माओबादी” बिशेष रुपान्तरण अभियान बिषयक बैठक गरिएको आयोजक कमिटिले जनाएको छ ।
बैठकलाइ सम्बोधन गर्दै केन्द्रीय सदस्य दल बहादुर जिसी ले भने यस गाउँपालिकामा १४ जना शहिदकाे रगत बगेकाे छ शहिदहरुकाे सपना साहाकार गर्न र यस गाउँपालिकाले आफ्नाे कार्ययोजना बनाउन सक्रिय रहनु पर्नेछ ।”
कमिटीका साथीहरुलाई उत्साहित बनाउँदै उनले ” किसान जनता मजदुर सङ्ग तीन महिना सुख र दुख गरेर बिताउन पनि अनुराेध गर्दछु । म तीन महिना तपाईंहरू सङ्ग तपाईंहरू सङ्गै तपाईंका सुख दुखमा साथ दिनेछु तीन महिना चाैकुने गाउपालिका सुर्खेतमा बिताउने छु सम्भावनाको थुप्रो भएको चैकुनेमा तपाईं हामी मिलेर नयाँ सङ्कलप सहित अगाडि बढौं ।” भन्नु भयो ।
बैठकमा १० वटा वडाका पार्टि अध्यक्ष निर्बाचित २ वटा वडा अध्यक्ष निर्बाचित गाउपालिका अध्यक्ष खड्ग बि .क गाउँ कमिटी अध्यक्ष गंगाराम बिक पार्टि सचिब कमल जि .सि पार्टिका प्रदेश कमिटी सदस्य प्रमुख अथिति केन्द्रीय सदस्य माननीय बिन्दमान बिष्ट केन्द्रीय सदस्य दल बहादुर जि.सी.को उपस्थिति रहेको थियो ।
बिस्तारित बैठकमा पार्टीका अध्यक्ष ,सचिव ,जनवर्गीय संगठनका पालिका पदाधिकारी ,निर्वाचित जनप्रतिनिधि सबै , सल्लाहकार सदस्य ,जेष्ठ कम्युनिस्ट मन्च सदस्य ,सहिद परिवार सदस्य अगुवा नेताकार्यकर्ताहरुको बाक्लो उपस्थिति रहेको थियो ।