Logo

बुद्धिचाल टोली युएइ जाँदै



काठमाण्डौं,भदौ १० ।  युनाइटेड अरब इमिरेट्स चेस महासंघको आयोजनामा भाद्र ११ गते १७ गतेसम्म हुने एसियन एमेच्योर चेस प्रतियोगितामा सहभागी हुन नेपाली टोली आइतबार युएइको दुबईमा प्रस्थान गर्दै छन् ।

अफिसियल खेलाडीमा २०८० असार ९ गते देखि १३ सम्म धनगढीमा भएको पाचौ राष्ट्रिय एमेच्योर खुला तर्फका विजेता दोलखाका आशिष फुयाल र महिला तर्फ विजेता कैलालीकी कुसुम पाण्डे रहेका छन् । अन्य खेलाडीमा धन बहादुर कैलाली बोगटी, भिमदत्त पाण्डेय, कनचन्पुर राजिव कार्की, दोलखा ,जित बहादुर केपछाकी, कैलाली , गोविन्दमान श्रेष्ठ दोलखा र भोजराज चौलागाई दोलखा रहेका छन् ।

आषिश फुइयाल २००० रेटेड तर्फ प्रतिस्पर्धा गर्नेछन् भने अन्य सबै खेलाडीहरुले १७०० मुनिको रटिङमा प्रतिस्पर्धा गर्नेछन् । टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले शनिबार एक कार्यक्रमबीच बिदाइ गरे ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता