Logo

उपेन्द्र यादव भारत उडे



काठमाडौं, ९ भदौ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादव भारत गएका छन् । उनी पारिवारिक कार्यक्रममा सहभागी हुन भारत गएको बुझिएको छ ।

भारत बसाईको क्रममा उनले राजनीतिक भेटवार्तासमेत गर्ने तय भएको जसपानिकट उच्च स्रोतले जनाएको छ । यादव भारतको केरलामा एक वैवाहिक समारोहमा भाग लिनको लागि नयाँ दिल्ली प्रस्थान गरेका हुन् ।

हालै जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले पनि भारतको भ्रमण गरेका छन् । उनले भारत बसाईको क्रममा राजनीतिक भेटवार्ता गरेका तस्विर बाहिरिएका थिए ।

भाजपाका विदेश विभाग प्रमुख डा. विजय चौथाईवालेले भेटवार्ताको तस्विर सार्वजनिक गरेका थिए । यादवले पनि भाजपाका नेताहरुसँग भेटवार्ता गर्ने बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता