Logo

धरानमा निषेधाज्ञा जारी, शान्तिपूर्ण र्‍याली नरोकिने धार्मिक संघसंस्थाको उदघोष



काठमाण्डौं,भदौ ९ । सुनसरी जिल्ला प्रशासन कार्यालयले धरानमा गए राती १२ बजे देखी आज राती १२ बजे सम्मका लागि निषेधाज्ञा जारी गरेको छ ।

डेङी रोगको महामारी र धरान उपमहानगरपालिकामा धार्मिक साम्रदायिक बिचलन नआउन दिनका लागि जिल्ला प्रशासनले उक्त निषेधाज्ञा जारी गरेको जनाएको हो ।

समाजिक संजालमा गाईको मासु काटेर भोज गरेको भिडियो पोस्ट भएपछी उक्त क्षेत्रमा अहिले तनावग्रस्त रहेको छ । आजै हिन्दु सनातनिय संघ संस्थाहरुले शान्तिपूर्ण र्‍यालीको आयोजना गर्ने भनिएको छ । तर शो र्‍यालीमा मुठभेड हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै जिल्ला प्रशासनले निशेधाज्ञा जारी गरेको हो ।

त्यस्तै उपमहानगरपालिकाले पनि एक बिज्ञप्ती जारी गर्दै धरानमा शान्ति सदभाव खलबलिन नदिन सबैमा अपिल गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता