Logo

प्रतिनिधिसभा अन्तर्गतका विषयगत समितिका सभापतिहरु चुनिँदै



काठमाडौं, भदौ ८ । आठ महिनापछि बल्ल प्रतिनिधिसभा अन्तर्गतका विषयगत समितिका सभापतिहरु चुनिँदै छन् । प्रतिनिधि सभाले औपचारिक कार्यभार सम्हालेको करिब आठ महिनापछि विषयगत समितिको नेतृत्व चयन प्रक्रिया अघि बढाइएको हो ।

राजनीतिक समझदारीपछि सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा नियमावलीको व्यवस्था अनुसार सभापति चयनको मिति तोक्नुभएको हो । भदौ ११ गते ३ बजे सभापति चयन गर्ने गरी कार्यतालिका प्रकाशनका लागि घिमिरेले सचिवालयलाई निर्देशन दिएका छन्।

करिब आठ महिनादेखि विषयगत समिति नेतृत्वविहीन हुँदा संसद्का गतिविधिको प्रभावकारितामै प्रश्न उठिरहेको छ । सदनको करिब एक महिनाको गतिरोध अन्त्यसँगै दलहरूबिच सभापति चयनको प्रक्रिया पनि अघि बढाउने समझदारी भएको थियो ।

समितिमा एक मात्र मनोनयन परेमा सभापति निर्विरोध चयन हुने छ । एकभन्दा बढी मनोनयन भएमा निर्वाचन हुने छ । प्रमुख दलहरूबिच संसद्का दुई संयुक्त र १० विषयगत समितिमा सभापतिको भागबन्डा मिलिसकेको छ ।

विषयगत समितिले सभापति नपाउँदा विधायिकी कार्यमा समेत असर परिरहेको छ । समितिका सभापति नहुँदा संसदीय निगरानीका कामसमेत ठप्प छन् । सार्वजनिक सरोकारका विषयमा समितिमा हुने छलफल प्रभावकारी हुन सकेका छैनन् । स्थलगत अनुसन्धान, सम्बन्धित निकायसँगको छलफल र निर्देशनका काम पनि हुन सकेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता