Logo

पर्यटन मन्त्री किरातीलाई पितृशोक



काठमाडौं, भदौ ६ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीलाई पितृशोक परेको छ। किरातीका बुबा हर्कबहादुर राईको ७६ वर्षको उमेरमा आज बिहान ४ बजे निधन भएको हो। वीर अस्पतालमा उपचारको क्रममा उनको निधन भएको हो ।

मन्त्री किरातीले सामाजिक सञ्जालमा ४२ वर्षअघिको तस्विर राख्दै बुबालाई श्रद्धाञ्जली दिएका छन्। ‘भर्खरै वुवाले धोका दिनुभयो! आमाले त हामीलाई पहिला नै धोका दिएर जानुभो !’, उनले लेखेका छन्, ‘उप्रान्त वुवा आमा त रहनु भएन रह्र्यो त केवल खिचि छोडेको तस्विर आँखामा। पितृत्व र मातृत्व छाति भित्र । आज बाट हामी पूर्ण रुपमा टुहुरो भयौं तर कर्तव्य बाट टुहुरो बन्न मिल्दै मिल्दैन साह्रा नेपाली मेरो आमा बुवा हुन बाँकि जीवन उहाँहरुको सेवामा लगाउने छु । निशब्द छु तर भन्न बाध्य छु वुवा हार्दिक श्रध्दाञ्जली !’

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता