Logo

प्रधानन्यायाधीश श्रेष्ठले लिए शपथ



काठमाडौं, ५ भदौ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले पद तथा गोपनीयताको शपथ लिएका छन् । आज (मंगलबार) राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित कार्यक्रममा प्रधानन्यायाधीश श्रेष्ठले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।
संवैधानिक व्यवस्था बमोजिम प्रधानन्यायाधीश श्रेष्ठलाई राष्ट्रपति रामचन्द्र पौडेलले शपथ ग्रहण गराए । शपथ ग्रहण समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे लगायतका विशिष्ट व्यक्तिहरुको सहभागिता रहेको थियो ।

संवैधानिक परिषद्ले श्रेष्ठलाई प्रधानन्यायाधीशमा सिफारिस गरेपछि संसदीय सुनुवाई समितिले प्रक्रिया सकेर सर्वसम्मत स्वीकृत गरेको थियो । राष्ट्रपति पौडेलले हिजो (सोमबार) नै श्रेष्ठलाई प्रधानन्यायाधीशमा नियुक्त गरेका थिए ।

संवैधानिक व्यवस्था बमोजिम प्रधानन्यायाधीशको पदावधि छ वर्ष रहने भएपनि उनले १४ महिनामात्रै सर्वोच्चको नेतृत्व गर्नेछन् । नवनियुक्त प्रधानन्यायाधीश श्रेष्ठ उमेर हदका कारण २०८१ असोज २० गते अवकाश पाउँदैछन् ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता