प्रतिनिधि सभा बैठक आज पनि स्थगित
काठमाडौं, ५ भदौ । प्रतिनिधिसभाको संसद् बैठक स्थगित् भएको छ। मङ्गलबार अपरान्ह ३ बजेका लागि बोलाइएको संसद् बैठक स्थगित् भएको हो। लामो समयदेखि अवरूद्ध संसद् बैठक बस्दैनबसी स्थगित् भएको हो। बैठक भोलि (बुधबार) दिउँसो तीन बजेका लागि बोलाइएको छ ।
सुन तस्करण प्रकरणमा समितिको कार्यविधिबारे टुंग्याउने, ४ बजे प्रधानन्याधीशको शपथ र एमाले अध्यक्ष केपी शर्मा ओलीको अस्वस्थ भएका कारण बैठक भोलि बस्ने गरेर स्थगित् भएको हो।