Logo

सुन तस्करी छानबिन : समिति संरचना र कार्यक्षेत्र टुंगो लगाउन कार्यदलको बैठक बस्दै



काठमाडौं, भदौ ५ । प्रमुख दलका नेता सहभागी भएको कार्यदलले सुन तस्करीको छानबिनका लागि गठन गर्ने उच्चस्तरीय समितिको संरचना र कार्यक्षेत्र टुंगो लगाउन अहिले विहान ११ बजे कार्यदलको बैठक बस्दैछ ।

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा सोमबार राति प्रमुख दलका शीर्ष नेताबीच उच्चस्तरीय समिति गठन गर्ने समझदारी अनुसार उक्त समितिको संरचना र कार्यक्षेत्रको टुंगो लगाउन विपक्षी एमालेबाट सुवासचन्द्र नेम्वाङ, नेपाली कांग्रेसबाट रमेश लेखक र माओवादी केन्द्रबाट हितराज पाण्डे रहेको कार्यदल गठन गरिएको छ ।

कार्यदलले समितिको संरचना र कार्यक्षेत्रको प्रस्ताव दिउँसो बस्ने शीर्ष नेताहरूको बैठकमा पेस गर्ने छन् । भदौ ५ गते २ बजे बस्ने शीर्ष नेताहरूको बैठकमा कार्यक्षेत्र र संरचनामा समझदारी बने साउन १० गते देखि अवरुद्ध रहेको संघीय संसद सुचारु हुनेछ । प्रतिनिधिसभाको बैठक आजै दिउँसो ३ बजेका लागि बोलाइएको छ भने राष्ट्रिय सभा १ बजेका लागि डाकिएको छ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता