Logo

माओवादीले गठबन्धन, नाता, सम्बन्धको मतलब राख्दैन – गृहमन्त्री श्रेष्ठ



काठमाण्डौ,भदौ,२ गते । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान बाँकी नै रहेको बताएका छन् । शनिबार पोखरामा नेकपा (माओवादी केन्द्र) को प्रदेशस्तरीय बैठकलाई सम्बोधन गर्दै उनले उक्त प्रकरणमा थप कोही दोषी पाइए कारबाही हुने बताएका हुन् ।

उनले जुनसुकै भ्रष्टाचारका प्रकरणमा तथ्य र प्रमाणले पुष्टि गरेसम्म सबैलाई कारबाहीको दायरामा ल्याईने बताए । ‘तथ्य प्रमाणले जहाँसम्म देखिन्छ अनुसन्धान त्यहाँसम्म जान्छ । त्यसमा माओवादी, गठबन्धन, नाता, सम्बन्धको मतलब हुँदैन,’– मन्त्री श्रेष्ठले भने ।

ललिता निवास जग्ग प्रकरणमा पूर्व प्रधानमन्त्रीद्वय माधव कुमार नेपाल र बाबुराम भट्टराईमाथि पनि सिआईबीले आफ्नै तरिकाले अनु्सन्धान गरिरहेको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता