Logo

प्रदीप गिरीको अस्तु सेलाउने कार्यक्रम प्रति परिवारको गम्भीर आपत्ति



काठमाडौं,१ भदौं । समाजवादी चिन्तक, राजनीतिज्ञ एवं नेपाली कांग्रेसका नेता स्वर्गीय प्रदीप गिरीको अस्तु काठमाडौंदेखि काशीसम्मको यात्रा गरी विसर्जन गर्ने कार्यक्रमप्रति परिवारले आपत्ति जनाएको छ ।

‘प्रदीप गिरी पावन स्मृति आयोजक समिति’ ले गिरीको पहिलो वार्षीकीओ अवसरमा गर्न लागेको कार्यक्रमप्रति गिरीकी श्रीमती भारती सिलवाल गिरीसहित छोरा र बुहारीले बिहीबार विज्ञप्ति जारी गर्दै आपत्ति जनाएका हुन् ।

गरिीकी श्रीमती,छोरा बुहारीद्धार बिहीबार संयुक्तरुपमा जारी विज्ञप्तिमा भनिएको छ ‘परिवारसँग गाँसिएको संवेदनशील विषयलाई कुनै पनि अमूक व्यक्ति वा संघसंस्थाद्वारा बिनास्वीकृति गर्न नपाउने हिन्दु परम्परा र कानुनतः कुनै पनि रूपमा ग्राह्य छैन,। कैयौं पटक मौखिक आग्रह र लिखित रूपमा अस्तु विसर्जन नगर्न अनुरोध गर्दागर्दै पनि समितिका नायक कञ्चन झा, रामपल्टन शाहलगायतले अस्तुको राजनीति गर्न खोजिरहेका छन् । अस्तु उनीहरूले कहाँबाट प्राप्त गरे ? कसरी प्राप्त गरे ? जबकि उहाँको अस्तु हामीसँग सुरक्षित छ,’।

घाँटीको क्यान्सरबाट पीडित गिरीको २०७९ भदौ ४ मा निधन भएको थियो । समितिले बिहीबार अस्तु यात्रा र सेलाउने तालिका सार्वजनिक गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता