Logo

रामेछाप पुगेर प्रचण्डले भने अब जनभावना अनुरुपमात्र काम गर्ने



काठमाडौं, ३२ साउन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो कार्यकालमा जनताको मन जित्ने गरी काम गर्ने बताएका छन् । २०औं दोरम्बा हत्याकाण्ड दिवसको अवसरमा रामेछापको दोरम्बा सैलुङ गाउँपालिकाले डाँडाकटेरीमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यो पटक राम्रो काम गरेर जनताको मन जित्ने बताएका हुन् ।

‘यस पटक राम्रो काम गरेर जनताको मन जित्नेबाहेक अन्य कुनै काम गर्नु छैन । जनताका निम्ति समाजवाद ल्याउन नयाँ पहल कदमी लिन्छु,’– प्रचण्डले भने ।

प्रधानमन्त्री प्रचण्डले सरकार शान्ति प्रकृयाका बाँकी काम सम्पन्न गर्न क्रियाशील रहेको पनि बताए । दोरम्बा हत्याकाण्ड शान्ति प्रक्रिया भाँड्न सुनियोजित तरिकाले घटाइएको उनको आरोप छ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता