Logo

२०औं दोरम्बा हत्याकाण्ड दिवस मनाउन प्रधानमन्त्री प्रचण्ड डाँडाकटेरी जाँदै



काठमाडौं, ३२ साउन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ २०औं दोरम्बा हत्याकाण्ड दिवस मनाउनका लागि आज (बिहीबार) दोरम्बाको डाँडाकटेरी जाँदैछन् । दोरम्बा हत्याकाण्ड दिवस मनाउन प्रचण्ड दोस्रो पटक डाँडाकटेरी जान लागेका हुन् ।

यस अघि प्रचण्ड २०७५ साल साउन ३२ गते दोरम्बा पुगेका थिए । त्यसबेला उनले दरबारको ठाडो आदेशमा दोरम्बा हत्याकाण्ड भएको बताएका थिए ।

‘वार्ता चलिरहेकै थियो । वार्ता सकारात्मक पनि थियो । हामी युद्ध त्यागेर सत्तामा आउने कुरा भइरहेको थियो । दरबार हामीलाई सत्ता बाहिर राख्न चाहन्थ्यो । हामीलाई दवाएर राख्न चाहन्थ्यो । यो सानो मान्छेको डिजाइनमा भएको घटना होईन, दरबारको ठाडो आदेशले गरेको नरसंहार हो,’– प्रचण्डले भनेका थिए ।

सोही समयमा उनले रामेछापको विकास र समृद्धिका लागि रामेछापबाटै चुनाव लड्नेसमेत बताएका थिए । सहिद परिवारको सपना साकार बनाउन रामेछापबाट निर्वाचन लड्ने वचन दिएका प्रचण्ड २०७९ को निर्वाचनमा भने गोरखा पुगे ।

प्रधानमन्त्री प्रचण्डले त्यसबेला रामेछाप पुगेर गरेका बाचाहरु भने कतिपय पुरा भएका छन् भने केही कार्यान्वयनको चरणमा रहेका छन् । त्यसबेला प्रचण्डले दोरम्बा हत्याकाण्डमा ज्यान गुमाएका सहिदहरुको सालिक निर्माण गर्ने प्रतिबद्धता गरेका थिए ।

उनको प्रतिवद्धताअनुसार अहिले सालिक निर्माण भइसकेको छ । त्यसैगरी, दोमानटार खैरिहनीबाट शैलुङसम्म पदमार्गको रुपमा विकास गर्ने, खैरिहनीमा मोटोरेवल पुल निर्माण गर्ने लगायतका प्रतिवद्धता व्यक्त गरेका थिए । जुन अहिले पुरा भइसकेका छन् ।

उक्त क्षेत्रमा युद्ध पर्यटन विकासका लागि पदमार्गमा सिढी हाल्ने काम सम्पन्न पनि सम्पन्न भइसकेको छ । सुनकोशी मरिन ड्राइभर्सन, २२० केभीको सब स्टेशन, खिम्ती–धल्केवर २२० केभी अन्तरदेशीय प्रसारण लाईन लगायतका सहयोग गरेर रामेछापको विकास र समृद्धिमा सहयोग पुर्याउने वाचा गरेका थिए

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता