Logo

२२औं आइटिएफ विश्व च्याम्पियनसिपमा चार खेलाडी



काठमाडौं, साउन ३२ । नेपालका चार खेलाडीले काजकिस्तानमा हुने २२औं आइटिएफ तेक्वान्दो विश्व च्याम्पियनसिपमा चुनौती प्रस्तुत गर्ने भएका छन् ।

आगामी अगस्ट १८ देखि २७ तारिखसम्म काजकिस्तानको अस्तानामा २२औं आइटिएफ तेक्वान्दो विश्व च्याम्पियनसिप सुरु हुँदै छ । जहाँ नेपाल समान दुई पुरुष र महिला खेलाडीले फाइटर तर्फ प्रतिस्पर्धा गर्न लागेका हुन्  । महिला ४७ केजी तौलसमूहमा रुबिका खड्का र ५२ केजीमा सुस्मिता थापाले प्रतिस्पर्धा गर्नेछन् । पुरुषमा भने पुकार केसीले ६४ केजीमुनि र अजय बुढामगरले ६८ केजी तौलसमूहमा नेपालको तर्पmबाट चुनौती प्रस्तुत गर्दैछन् । रुबिकाले यसै महिना भारतमा सम्पन्न दक्षिण एसियाली आइटिएफ तेक्वान्दो च्याम्पियनसिपमा दुई स्वर्ण पदक जितेकी थिइन् ।

विश्व च्याम्पियनसिपका लागि नेपाली टोलीको प्रशिक्षकमा रूप सिं मोक्तान र टिम अफिसियलमा घमबहादुर थापा र विक्रम बाठामगर छन् । नेपाल आइटिएफ महासंघका निर्वतमान अध्यक्ष एवम् दक्षिण एसियाली आइटिएफ तेक्वान्दो महासंघका उपाध्यक्ष अन्जन धमला नेपाली टोलीको प्रमुख हुन् । एसियाली आइटिएफ महासंघका कार्यकारी सदस्य तथा राष्ट्रिय खेलकुद परिषद्(राखेप) का बोर्ड सदस्यसमेत रहेका धमलाले उक्त विश्व च्याम्पियनसिपमा निर्णायकको भूमिका पनि निर्वाह गर्नेछन् ।

काजकिस्तानमा हुने विश्व च्याम्पियनसिपमा सहभागी हुन जाने ८ सदस्यीय नेपाली टोलीलाई बुधबार उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले बिदाइ गर्नु भएको थियो । सिंहदरबारस्थित मन्त्रालयमा आयोजित कार्यक्रममा गृहमन्त्री श्रेष्ठले पछिल्ला समय नेपाली खेलकुदको विकास भइरहेको उल्लेख गर्दै त्यसमा नेपाली खेलाडीको भूमिका महत्वपूर्ण रहेको बताए ।

सो अवसरमा गृहमन्त्री श्रेष्ठले उच्च मनोबलका साथ खेल्न नेपाली खेलाडीलाई शुभकामना दिँदै सरकारले पनि खेलकुद विकास आवश्यक पर्ने काम खेलाडीहरूकै सल्लाह अनुरूप गर्दै जाने विश्वास व्यक्त गरेृ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता