Logo

कर्णालीमा १२ बजेपछि जहाज सञ्चालनमा लगाएको प्रतिबन्ध ३ दिनभित्र फुकुवा गर्ने मन्त्री किराँतीको प्रतिबद्धता



काठमाडौं,३१ साउन। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले कर्णालीमा लगाइएको हवाई प्रतिबन्ध ३ दिनभित्र फुकुवा गर्ने प्रतिबद्धता जनाएका छन् ।

बुधबार कर्णाली प्रदेशका प्रतिनिधिसँगको छलफलमा मन्त्री किराँतीले नागरिक उड्डयन प्राधिकरण(क्यान)ले कर्णालीमा लगाएको हवाई प्रतिबन्ध ३ दिनभित्र फुकुवा बताएका हुन् ।

मन्त्री किराँतीले भने‘मैले सबै कुरा बुझेको छु,अब ३ दिनभित्र समस्याको समाधान गर्नेछु, कर्णालीवासीको समस्यालाई सरकारले महसुस गरेको छ ।’

क्यानले केही दिनअघि कर्णालीमा असार,साउन र भदौ महिनामा दिनको १२ बजेपछि नियमित उडानमा रोक लगाएको थियो ।क्यानको उक्त निर्णयपछि कर्णालीमा जहाजको पर्खाईमा एक महिनामा चार जना बालकले ज्यान गुमाएका छन् । विभिन्न रोगबाट पीडित बिरामी अन्यत्र लैजानका लागि जिल्ला अस्पतालले रिफर गरे पनि यातायातको सुविधा नहुँदा अस्पतालको शय्यामै ज्यान गुमाएका थिए ।

कर्णालीका सांसद तथा जनप्रतिनिधिहरु प्लेन १२ बजे पछाडि पनि उड्नुपर्छ भन्ने माग लिएर डेलिगेसनमा बुधबार सिंहदरबारस्थित मन्त्रालयमा कर्णालीका सांसद, राजनीतिक दलका नेता, नागरिक समाजका प्रतिनिधि र पर्यटन व्यवसायीले मन्त्री किरातीलाई भेटेर समस्या अवगत गराएका थिए ।

मन्त्रालयमा प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी पनि सहभागी थिए । छलफलमा जुम्लाकी सांसद छिरिङ लामा, प्रदेश सांसद कलबहादुर हमाल, पूर्वमन्त्रीहरू मोहन बानिया, छ्क्कबहादुर लामा, दल रावल, कर्णाली पर्यटन उद्यमी समाजका अध्यक्ष देवीकृष्ण रोकाया लगायत सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता