नेपाल हज समितिले द्धारा हज यात्रामा जान निवेदन माग

काठमाडौं, साउन ३०। नेपाल हज समितिले सन् २०२४ को हज यात्राका लागि निवेदन आह्वान गरेको छ ।सन् २०२४ (हज १४४५)का लागि नेपालबाट १२ सय जना इस्लाम धर्मावलम्बीहरूका लागि आज २०८० साउन ३० गतेबाट निवेदन माग गरेको हो ।
साउदी अरब सरकारबाट आएको कोटा अनुसारमा त्यहाँ जान चाहनेले आजदेखि असोज ३० गतेसम्म एक लाख ५० हजार रुपैयाँ जम्मा गरेर आवेदन दिन समितिले आह्वान गरेको छ ।
आवेदन आफ्नो स्थायी ठेगाना रहेको जिल्ला प्रशासन कार्यालयमा पहिलो किस्तासहित बुझाउनु पर्ने समितिले सार्वजनिक गरेको सूचनामा उल्लेख छ ।