Logo

आज मन्त्रीमण्डल हेरफेर हुने प्रधानमन्त्री दाहालले गर्दैछन् यस्तो तयारी



काठमाडौं, साउन २८ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मन्त्रिपरिषद् हेरफेर गर्ने तयारी गरेका छन्।

प्रधानमन्त्री दाहालले मन्त्रिपरिषद् हेरफेर गरेर जनमत पार्टीलाई सरकारमा सहभागी गराउन मन्त्रिपरिषद् हेरफेर गर्ने तयारी गरेका हुन् । प्रधानमन्त्रीले जनमत पार्टीबाटअनिता देवी साहलाई आज मन्त्री नियुक्त गर्ने तयारी गरेको बुझिएको छ।

जनमतले पार्टीबाट सांसद अनिता देवी साहलाई मन्त्रीका लागि यसअघि नै सिफारिस गरिसकेको छ। माओवादी केन्द्रबाट मन्त्री भएकामध्ये एकलाई हटाएर जनमतकी अनिता देवीलाई मन्त्री नियुक्त गर्ने प्रधानमन्त्री दाहालले तयारी गरेका छन ।

२५ सदस्यीय मन्त्रिपरिषद् पूर्ण भइसकेकाले जनमतलाई सहभागी गराउन एकजना मन्त्री हट्नैपर्नै हुन्छ । त्यसका लागि प्रधानमन्त्रीले आफ्नै पार्टीका एक मन्त्रीलाई हटाउने तयारी गरेपनि कसलाई सरकारबाट फिर्ता बोलाउँछन् भन्ने खुलेको छैन ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता