Logo

अफिसिएटिङ स्कुल सुरु



काठमाडौं, साउन २७ गते । नेपाल टेनिस संघको आयोजनामा राष्ट्रिय अफिसिएटिङ स्कुल शनिबारदेखि सातदोबाटोमा सुरु भएको छ ।
कार्यक्रममा चियर अम्पायर र अफिसियल गरी २१ जना सहभागी छन् । प्रतियोगिता सञ्चालनका लागि आवश्यक पर्ने दक्ष प्राविधिक जनशक्ति उत्पादन गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको टेनिस संघले जनाएको छ ।

आईटीएफ सिल्भर ब्याच रेफ्री, आईटीएफ÷एटीपी÷डब्लुटीए सर्टिफाइड रिभ्यु अफिसियल र ब्रोन्ज ब्याच चियर अम्पायर अभिषेक मुखर्जीले सहभागीलाई व्यहवारिक र सैद्धान्तिक ज्ञान दिने छन् । अन्तर्राष्ट्रिय टेनिस महासंघको सहयोगमा सञ्चालित कार्यक्रम सोमबार सम्पन्न हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता