Logo

आइतबार मन्त्री परिषद हेरफेर हुने जनमतले अनिता देवीलाई मन्त्री बनाउने



काठमाडौं, २७ साउन । प्रधानमन्त्री पुष्पकमल दाहाल चितवनबाट फर्किएलगत्तै मन्त्रिपरिषद् हेरफेर हुने भएको छ । खासगरी जनमत पार्टीलाई सरकारमा सहभागी गराउनको लागि प्रधानमन्त्री दाहालले आफ्नै पार्टीबाट सरकारमा सहभागी एक मन्त्रीलाई फिर्ता बोलाउन लागेका छन् ।

माओवादीनिकट उच्च स्रोतकाअनुसार पर्यटनमन्त्री सुदन किराँती र संघीय मामिलामन्त्री अमनलाल मोदीमध्ये एकलाई फिर्ता बोलाएर प्रधानमन्त्री दाहालले जनमतलाई सरकारमा सहभागी गराउने भएका हुन् । प्रधानमन्त्री आजै साँझ काठमाडौं फर्किने कार्यतालिका छ ।

उनी काठमाडौं फर्किए लगत्तै भोलि (आइतबार) मन्त्रिपरिषद् हेरफेर हुने भएको छ । जनमतले सरकारमा सहभागी हुने मन्त्रीको नाम यसअघि नै सिफारिश गरिसकेको छ । जनमतले अनिता देवीलाई मन्त्री बनाउने भएको हो ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता