सुन प्रकरण : २१ घण्टापछि हिरासतबाट छुटे अडुकिया

काठमाडौं, २७ श्रावण । एक क्विन्टल सुन प्रकरणमा शुक्रबार पक्राउ परेका रोहन अडुकिया हिरासतबाट छुटेका छन् । अडुकिया अध्यागमनको हिरासतबाट २१ घण्टापछि शनिबार १० बजे छुटेका हुन् ।
उनलाई अध्यागमनले भारतबाट आउने क्रममा शुक्रबार दिउँसो १ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको थियो । रोहन एक क्विन्टल सुन प्रकरणमा नाम जोडिएका राकेश अडुकियाका छोरा हुन् । स्रोतका अनुसार रोहनमाथि कुनै कसुर नदेखिएपछि छोडिएको हो ।