Logo

जारी संसद अवरोधबारे राष्ट्रपति रामचन्द्र पौडेल सँग छलफल गर्न सभामुख र राष्ट्रिय सभा अध्यक्षको भेटवार्ता



काठमाडौं, साउन २६ । जारी संसद अवरोधबारे राष्ट्रपति रामचन्द्र पौडेलसँग छलफल गर्न सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना शितल निवास पुगेका छन् ।

आज बिहान १० बजे शितल निवास पुगेका सभामुख घिमिरे र राष्ट्रिय सभा अध्यक्ष घिमिरेले राष्ट्रपति पौडेलसँग अवरुद्व संसद खुलाउनेबारे आधा घण्टा छलफल गरेका छन् ।

भेटवार्ताका क्रममा राष्ट्रपति पौडेलले सभामुख र राष्ट्रिय सभा अध्यक्षसँग सदनको अवरोध खुलाउन भएका पहलबारे जानकारी लिएका छन्। भेटमा सभामुख र राष्ट्रिय सभा अध्यक्षले सदनको अवरोध खुलाउन राष्ट्रपतिबाट समेत सहयोगको अपेक्षा राखेका छन् ।

प्रमुख प्रतिपक्षी नेकपा एमालेले सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउन माग गर्दै लगातार सदन अवरोध गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता