Logo

एक क्विन्टल सुन प्रकरण: थप दुई चिनियाँ नागरिक पक्राउ



काठमाडौं,२६ साउन । एक क्विन्टल सुन तस्करी प्रकरणमा सन्दिग्ध दुई चिनियाँ नागरिक विमानस्थलबाट पक्राउ परेका छन्

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले आज चिनियाँ नागरिक ली जिएलिन र लुई फुयानलाई पक्राउ गरेको उच्च स्रोतले जनाएको छ ।

राजश्व अनुसन्धान विभागले ३ साउनमा हङकङबाट आएको सुनसहितको १५५ किलो ‘ब्रेक शु’ बरामद गरेको थियो । लगत्तै ट्याक्सी चालक र भन्सार एजेन्ट पक्राउ परेका थिए ।

योसँगै सुन प्रकरणमा पक्राउ पर्नेको संख्या २० पुगेको छ। तीमध्ये १ जना धरौटीमा छुटिसकेका छन्।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता