Logo

कपनमा पुरिएका खोलालाई पुरानै स्वरुपमा फर्काउने काम सुरू



काठमाण्डौं, साउन २६ । काठमाण्डौको बुढानीलकण्ठ नगरपालिका र काठमाण्डौ महानगरपालिकाभित्र बग्ने यज्ञमती र चखुँचाखोलालाई पुरानै स्वरूपमा फर्काउन पहल थालिएको छ ।

महानगरपालिकाले अहिले ११ बजेदेखि धोबीखोलातर्फबाट चखुँचाखोला खोल्न शुरु गर्दैछ । महानगरको टोली हिजो पुरिएको खोला खोल्न गए पनि स्थानीय बासिन्दाको अवरोधका कारण काम अघि बढ्न सकेको थिएन ।

महानगरका मेयर बालेन्द्र शाह र बुढानीलकण्ठ नगरपालिकाका मेयर मिठाराम अधिकारीबीच हिजो भएको छलफलमा चखुँचाखोला र यज्ञमती खोला खोल्ने सहमति भएको हो ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता