Logo

काठमाडौंको कपनमा खहरे खोलामाथि बनेका घरटहरा भत्काउन डोजर महानगरको डोजर पुग्यो,स्थानीय बने आन्दोलित



२५ साउन, काठमाडौं । काठमाडौं महानगरपालिकाले ७ नम्बर वडाको  कपनमा खहरे खोलामाथि बनेका घरटहरा भत्काउन डोजर सहित गएपसछि स्थानीयले विरोध गरेका छन् ।

बुढानीलकण्ठ नगरपालिका-१० नम्बर वडाको सिमानामा पर्ने साततले नजिकैको खोला मिचेर घर बनाएको, सेटब्याक नछोडी खोला मिचेको भन्दै सामाखुसी खोला जसरी नै खोल्न महानगर पुगेको नगर प्रहरीका डिएसपी मिनबहादुर थापाले बताए ।

स्थानीयले विरोध गरेपछि अहिले डोजर भने चल्न सकेको छैन । ‘खहरे खोला खोलेर, छेउमा ढल बनाउनको लागि काठमाडौं महानगरले तयारीसहित अगाडि बढेपनि बुडानीलकण्ठ नगरपालिकाले सहमति नदिंदा डोजर चलेको छैन,’ थापाले भने ।

बुढानीलकण्ठ नगरपालिकाका  स्थानीय बासिन्दाले भने वर्षाको समयमा डोजर आतंक गरेको भन्दै महानगरविरुद्ध नाराबाजी गरिरहेका छन् ।

काठमाडौं ७ नम्बर वडाका स्थानीयवासीले भने बुढानीलकण्ठ नगरपालिकाविरुद्ध नाराबाजी गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता