मिटरब्याजी आरोपमा सिरहाबाट एक महिला पक्राउ

काठमाडौं,२५ साउन । सिरहामा मिटरब्याजको आरोपमा एक महिला पक्राउ परेकी छन् । पक्राउ पर्नेमा मिर्चैया नगरपालिका ६ की ३५ वर्षीया सुजाता साह रहेकी छन् ।
उनलाई अनुचित लेनदेन सम्बन्धी मुद्दामा अदालतको आदेशको आधारमा बुधबार साँझ पक्राउ गरिएको सिरह प्रहरीले जनाएको छ ।
साहमाथि प्रहरी र जिल्ला प्रशासनमा गरी दर्जन बढी उजुरी छ । उनीमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।