Logo

बालुवाटारमा शीर्ष नेताको बैठक बस्दै



काठमाडौं,२४ साउन । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अडानका कारण लगातारुपमा सदन अवरुद्ध भएपछि शीर्ष नेताहरु पुनः छलफलमा जुट्ने भएका छन् । नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरु बालुवाटारस्थित प्रधानमन्त्री निवासमा छलफलका लागि बस्न लागेका हुन् ।

बैठकमा प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित तीनै दलका उपनेता र प्रमुख सचेतकहरू बैठकमा उपस्थित हुनेछन् ।

प्रतिनिधिसभाको बैठक १ बजे बस्नु अगावै संसद् सुचारु गर्नका लागि सहमति खोज्न उक्त बैठक बस्न लागेको हो ।

गत साउन २ गते बरामद भएको एक क्विन्टल सुनलाई लिएर छानविन समिति बनाउन माग गर्दै एमालेले निरन्त सदन अवरोध गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता