Logo

भारी बर्षाको कारण देशका ठुला नदिको सतह बढ्यो, सतर्कता अपनाउन आग्रह



काठ्माण्डौ साउन २३ । काठमाडौं उपत्यकामा  भारी वर्षा हुँदा खोला-नालाको जल सतह बढेको छ।

जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाका अनुसार बर्दियामा बबई नदीले खतराको तह पार गरेको छ।

त्यस्तै रौतहटमा बागमती नदीले पनि खतराको तह पार गरेको महाशाखाले जानकारी दिएको छ। सिन्धुलीको हरिहरपुरगढी क्षेत्रमा खोखजुर खोलाको जल सहत सतर्कताको नजिक रहेको छ। त्यस्तै, उत्तरी मकवानपुरको भोर्लेनीमा पनि बागमती नदीको जल सतह खतराको तह नजिक रहेकाले तटीय क्षेत्रमा सतर्कता अपनाउन भनिएको छ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता