Logo

बागमती स्केटिङमा घिमिरे



काठमाडौं, साउन २१ गते । नेपाल स्केटिङ तथा स्केट बोर्ड संघ, बागमती प्रदेशको अधिवेशनले समन घिमिरेको अध्यक्षतामा १५ सदस्यीय कार्यससमित चयन गरेको छ ।
उपाध्यक्षमा साजन देउजा, सन्तोष सापकोटा र सुमन कट्टेल, महासचिवमा प्रकाश श्रेष्ठ, सचिवमा प्रकाश तामाङ तथा कोषाध्यक्षमा कुशल पोखरेले जिम्मेवारी पाएको नेपाल स्केटिङ तथा स्केट बोर्ड संघका केन्द्रीय अध्यक्ष अच्युत खनालले जनाएका छन् । बिपिन कुइकेल, हरिस महर्जन, नवराज खड्का, साजन सैंजु र प्रवल तिमिल्सिना सदस्यमा चयन भए ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता