Logo

माओवादीले पार्टीको पदाधिकारीको जिम्मेवारीमा हेरफेर, हेर्नुहोस् को के मा परे



काठमाण्डौं,साउन २१ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी पदाधिकारीहरूको जिम्मेवारी हेरफेर गरेका छन्।

जसअनुसार बागमती प्रदेशको इन्चार्जमा उपमहासचिव जनार्दन शर्मा तोकिएका छन्।

अर्का उपमहासचिव वर्षमान पुनलाई विशेष उपत्यका प्रदेशको जिम्मेवारी दिएको छ।

कर्णाली प्रदेशमा मातृका यादव, कोशी प्रदेशमा बलदेब खनाल, गण्डकी प्रदेशमा देबेन्द्र पौडेल, मधेश प्रदेशमा लीलामणी पोखरेल, लुम्बिनी प्रदेशमा हितमान शाक्य, सुदुर पश्चिम प्रदेशमा लीलाराम आचार्य रहनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता