Logo

माओवादी केन्द्रको पदाधिकारी बैठक शुरु



काठमाडौं, साउन १७ । नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक सुरु भएको छ । आजबाट सुरु हुने केन्द्रीय समिति बैठकमा पेश हुने राजनीतिक तथा सांगठानिक प्रतिवेदनलाई ‘फाइनल टच’ दिन पदाधिकारी बैठक बसेको हो ।

पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केन्द्रीय समिति बैठकको उद्घाटन गर्ने कार्यक्रम छ । बैठकमा अध्यक्ष दाहालले राजनीतिक र साङ्गठिनक प्रतिवेदन पेस गर्ने कार्यसूची तय भएको माओवादी केन्द्रका केन्द्रीय कार्यालयका सचिव डोरप्रसाद उपाध्यायले जानकारी र्दिए । बैठकले सरकारको कामकारबाहीका बारेमा पनि समीक्षा गर्नेछ । अध्यक्ष दाहाल गत पुसमा प्रधानमन्त्रीमा नियुक्त भएका थिए । सरकारले सुशासन प्रवद्र्धन र भ्रष्टाचार नियन्त्रणको कामलाई तीव्रताका साथ अगाडि बढाएको छ ।

माओवादी केन्द्रले केन्द्रीय समितिको बैठकको प्रत्यक्ष प्रसारण गर्ने तयारीसमेत गरेको छ । बैठकमा प्रत्येक सदस्यले प्रतिवेदनमाथि आधारित रहेर धारणा राख्ने गरी कार्यक्रम तय भएको छ । बैठकको कार्यसूचीलगायतलाई पूर्णता दिन अहिले पार्टी मुख्यालय पेरिसडाँडामा पदाधिकारी बैठक बसिरहेको छ । बैठकमा केन्द्रीय समितिमा पेश हुने राजनीतिक, सांगठानिक प्रतिवेदनमाथी छलफल भईरहेको छ ।
बैठकमा मंसिरमा हुने विधान सम्मेलन, समसामयिक राजनीतिक बिषय, सरकारमा पार्टीको सहभागिता तथा सरकारले गरेका काम कारबाहीका बारेमासमेत छलफल भईरहेको जनाईएको छ ।

विहान ७ः३० देखि सुरु भएको पदाधिकारी बैठक सकिए लगत्तै अहिले ८ः३० बजेदेखि पार्टी कार्यालय पेरिसडाँडामा स्थायी समितिको बैठक बस्दैछ । स्थायी समितिको बैठक सकेर ११ बजेदेखि केन्द्रिय समितिको बैठक सुरु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता