Logo

नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य बढायो, एलपी ग्यासको मूल्य घट्यो



काठमाण्डौं,साउन १६ । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य बढाएको छ । निगमले मंगलबार राति १२ बजेपछि लागू हुनेगरी पेट्रोल र डिजेलको मूल्य स्वचालित प्रणालीअनुसार बढाएको हो ।

पेट्रोल प्रतिलिटर ९ रुपैयाँ तथा डिजेल र मट्टितेल प्रतिलिटर ७/७ रुपैयाँ बढेको छ । अब काठमाडौं उपत्यकामा पेट्रोल प्रतिलिटर १७३ रुपैयाँ तथा डिजेल र मट्टितेल प्रतिलिटर १५३ रुपैयाँ पुगेको छ । ठाउँअनुसार मूल्य फरक फरक छ । त्यस्तै खाना पकाउने एलपी ग्यासको मूल्य भने प्रतिसिलिण्डर १ सय ३० रुपैयाँ घटेको छ । खाना पकाउने ग्यासको मूल्य अब प्रतिसिलिण्डर १६६० रुपैयाँ पर्नेछ । भारतबाट नयाँ मूल्य आएलगत्तै निगमले स्वचालित प्रणालीअनुसार मूल्य समायोजन गरेको जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता