Logo

हेमन्तलाई तीन कांस्य पदक



काठमाडौं, साउन १६ गते । नेपालका हेमन्त पालले एसियाली जुनियर भारोत्तोलन च्याम्पियनसिपमा मंगलबार ३ कांस्य पदक जितेका छन् । ‘डेब्यु’ अन्तर्राष्ट्रिय प्रतियोगितामै हेमन्तले पुरुष ७३ केजी तौलसमूहमा ३ कांस्य पदक जित्न सफल भएका हुन् ।

हेमन्तले स्न्याच, क्लिन एन्ड जर्क र कुलमा गरी ३ कांस्य पदक जितेको टिम व्यवस्थापक रामसुन्दर श्रेष्ठले जनाएका छन् । भारतको नोयदामा जारी प्रतियोगितामा हेमन्तले स्न्याचमा ९७ केजी, क्लिन एन्ड जर्कमा ११० केजी गरी जम्मा २०७ केजी भार वहन गरे ।

हेमन्तको स्पर्धामा ५ राष्ट्रका ६ खेलाडी सहभागी थिए । उज्वेकिस्तानका २ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । थाइल्यान्डले स्वर्ण तथा उज्वेकिस्तानले रजत जिते ।
प्रतियोगितामा नेपालबाट २ खेलाडी सहभागी छन् । पुरुष ९६ केजीमा सञ्जय यादवले बुधबार प्रतिस्पर्धा गर्ने छन् । सञ्जयको पनि यो ‘डुब्यु’ अन्तर्राष्ट्रिय प्रतियोगिता हो ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता