Logo

कलियुग कि राधा बनेर आइन सारिका ( भिडियो सहित )



काठमाडौं साउन १४ । सारिका घिमिरेको स्वरमा रहेको गीत ‘कलियुग कि राधा’ सार्वजनिक भएको छ । सारिका कै शब्द, योगेशकाजी शाहको सङ्गीत/एरेञ्ज रहेको ‘कलियुग कि राधा’ गीतको भिडियो सार्वजनिक भएको हो ।

गम्भिर विष्टको निर्देशन रहेको गीतको भिडियोमा सारिकालाई नै फिचरिङ गरिएको छ । भिडियोमा दिनेश पराजुलीको छायांकन र अनिता ग्वाचाको श्रृङ्गार छ । गीतको भिडियो सारिकाकै अफिसियल युट्युव च्यानलमार्फ सार्वजनिक गरिएको हो ।

नायिका तथा गायिका सारिकाले पछिल्लो समय गायनमार्फत चर्चा बटुल्न सफल हुनुभएको छ । उहाँका केही गीत करोडौं क्लबमा समेत पर्न सफल भएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता