Logo

सेटिङ बिना सुन कसरी भित्रन्छ ? : लामिछाने



राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सेटिङबिना त्रिभुवन विमानस्थलबाट सुन तस्करी हुन नसक्ने बताएका छन् ।

विराटनगरमा पत्रकारसँग कुरा गर्दै सभापति लामिछानेले भने, ‘ बिनासेटिङ, मिलेमतो नभएर सम्भव छैन । तर कुन लेबलको, कुन ढंगको हो भन्ने अनुसन्धान गर्नुपर्ने होला ।’  उनले सुन बरामद प्रकरणमा अनुसन्धान जारी भएकोले यसबाट थप टिप्पणी गर्न नहुने बताए । एमालेले गृहमन्त्रीको राजीनामा मागेको सन्दर्भमा उनले अनुसन्धान नहुँदै राजीनामा माग्नु उचित नभएको बताए ।

अरुले राजीनामा मागे भन्दैमा राष्ट्रिय स्वतन्त्र पार्टीले नमाग्ने बताउँदै उनले धैर्य गर्ने बताए । वास्तविकता थाहा पाएर गलत हो भने मात्रै आवाज उठाउने उनले बताए ।

‘अरुले जे गरे त्यही स्वतन्त्र पार्टीले गर्दैन,’ उनले भने, ‘हामी धैर्य गर्छौं । वास्तविककता थाहा पाएर मात्रै सडक सदनमा कुरा गर्छौं ।’

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता