Logo

सदस्य–सचिव घिसिङद्वारा आर्चरी, बक्सिङ र रग्बीको तयारी निरीक्षण



काठमाडौं, साउन ३ गते । राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले चीनको हाङझावमा हुने १९ औं एसियाली खेलकुदको प्रशिक्षणका लागि पोखरामा रहेका आर्चरी, बक्सिङ र रग्बीका खेलाडीको तयारी प्रशिक्षण निरीक्षण गरेका छन् ।

सो क्रममा सदस्य–सचिव घिसिङले प्रशिक्षक र खेलाडीलाई तयारी प्रशिक्षण, खाना, बसोवास, समस्यालगायतका विषयमा जानकारी लिएका थिए । उनले खेलाडीलाई १९ औं एसियाली खेलकुदमा नेपालको उपस्थिति गर्विलो बनाउने गरी तयारीमा जुट्न खेलाडीलाई हौसला प्रदान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता