Logo

अभिनेता सारुकको मृत्यु शंकास्पद, न्याय माग्दै परिवार



काठमाडौंं, साउन १। गत २१ असारमा काठमाडौंको सहिदमार्ग ज्ञानेश्वरस्थित आफ्नै घरको भुइँ तलामा अभिनेता सारुक ताम्राकार मृत अवस्थामा भेटिएका थिए । उनको मृत्युलाई अहिले शंकास्पद रूपमा हेर्न थालिएको छ । उनी आबद्ध चलचित्र ‘ह् यासट्याग माया’का निर्देशक राजीव गुरुङले सोही चलचित्रकी अभिनेत्री नम्रता श्रेष्ठ र सारुकको सम्बन्ध’bout नयाँ कुरा खुलाएपछि उनको मृत्युलाई शंकास्पद रूपमा हेरिएको हो ।

रानी, इन्टु मिन्टु लन्डनमा, मेरी मामुजस्ता चलचित्रमा मुख्य भूमिका निभाइसकेका अभिनेता सारुक ३३ वर्षका थिए । सारुकको मृत्यु भएको ११ दिनसम्म मौन बसेका उनका बाबुसमेत रहेका कलाकार सानु ताम्राकारले अब आफू न्याय माग्न प्रहरीसमक्ष जाने बताएका छन् ।

‘यसअघि हामी मौन थियौं तर अहिले मेरो छोराको निधनका ’boutमा विभिन्न समाचार तथा चर्चा परिचर्चा चलेपछि अब हामी मौन बस्न मिल्दैन भन्ने निष्कर्षमा पुगेका छौं,’ आइतबार राजधानीकर्मी उनलाई भेट्न निवासमा पुग्दा कलाकार सानु ताम्राकारले भने, ‘घटना’bout वास्तविकता बाहिर ल्याउन माग गर्दै प्रहरीमा जानेछौं ।’ आफ्नो छोराले किन आत्महत्या गर्न बाध्य हुनुप¥यो भन्ने कुराहरू विस्तारै खुल्दै गएको पनि उनले आशंका गरेका छन् ।

सारुकले अभिनय गरेको चलचित्र ह्यासट् याग मायाका निर्देशक राजीवले न्युज चलचित्री च्यानलमा दिएको अन्तर्वार्तापछि छोराको निधन शंकास्पद बन्दै गएको बुबा सानुको भनाइ छ । निर्देशक गुरुङका अनुसार केही समयअघि अभिनेत्री नम्रता श्रेष्ठले एक तान्त्रिकसँग गुरुङ र सारुकलाई सिन्धुपाल्चोकको दोलालघाट लगेकी थिइन् । त्यहाँ निर्देशक राजीवलाई होटलमै छाडेर मध्यरातमा सारुकलाई मात्रै तान्त्रिकसँग लगेकी थिइन् ।

घाटमा रहेको शिव मन्दिरमा मध्यरातमा सारुक र नम्रताले तान्त्रिक विधिबाट विशेष पूजा गर्दै कालो बोका बली चढाएको उनले बताएका छन् । सो बोकाको मासु आफू, नम्रता र सारुकले खाएको र ती तान्त्रिकले आफूहरू तीनै जनालाई बुटी पनि लगाइदिएको समेत निर्देशक राजीवले खुलाएका छन् । सिनेमाका लागि राम्रो हुन्छ भनेर सो पूजाका लागि आफूले ५ लाख रुपैयाँ तिरेको पनि उनले बताएका छन् ।

तान्त्रिक गुरुहरूका अनुसार यसरी मध्यरातमा मसान घाटमा सम्मोहन (बशिकरण)को पूजा हुने गरेको कलाकार सानु ताम्राकारको बुझाइ छ । भूतप्रेतमा विश्वास नगर्ने छोरा सारुकले मध्यरातमा मसान घाटमा नायिकासँग त्यस्तो पूजा गरेर बुटी बान्दै बोकाको मासु खाएको कुरा सुन्दा पिता सानु छक्क परेका छन् ।

‘तन्त्रविद्या तथा भूतप्रेतमा पटक्कै विश्वास नगर्ने र मासु नखाने मेरो छोराले मसानघाटमा त्यस्तो पूजा गरेर बोकाको मासु खायो भन्दा हामीलाई अचम्म लागेको छ,’ उनले अगाडि थपे, ‘केही समयअघिबाट एउटा कालो कपडाजस्तो डोरीले बानेको बुटी छोराले घाँटीमा लगाएको थियो, मैले त सुटिङका लागि त्यत्तिकै लगाएको होला भन्ठानेको, त्यो बुटीको रहस्य अहिले पो बुझदै छु ।’ यति मात्र होइन, धुमपानसमेत नगर्ने छोराले पछिल्लो समय यस चलचित्रको युनिटसँग बसेर ‘तमाखु’ तान्ने गरेको खबरले समेत आफूलाई दुःखी तुल्याएको उनले बताएका छन् ।

‘उसले हरेक सल्लाह हामीसँग लिन्थ्यो, तर आत्महत्याजस्तो जघन्य निर्णय एक्कासि किन लिनुप¥यो भनेर हामीले अझै बुभ्mन सकेका छैनौं,’ बुबा सानुले भने । सारुक आफ्नो एक्लो छोरा भएको र उनलाई कुनै पनि कुराको कमी हुन नदिएको पनि सानुले बताए । चलचित्र ह्यासट्याग मायाको बूढानीलकण्ठमा छायांकनका क्रममा अभिनेत्री नम्रताले अभिनेता सारुकलाई अर्का नायक रोयदीपकै अगाडि छायांकनस्थलमै गाली गरेको निर्देशक राजीवले खुलासा गरेका छन् ।

सो गालीपछि सारुक दुःखी र चिन्तित बनेको पनि निर्देशक राजीवले दाबी गरे । नम्रताले गरेको गालीको भोलिपल्ट बिहान सुटिङबाट घर जान्छु भनेर हिँडेका सारुक बाबु आमाले बोलाएको पार्टीमा गएनन् । उनी राति साढे १० बजे आफ्नै घरको रेलिङमा पासो लगाएर झुन्डिएको अवस्थामा मृत भेटिएका थिए ।राजधानी दैनिकबाट

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता