Logo

पत्नी वियोगमा रहेका प्रधानमन्त्री दाहाल भोलिबाट नियमित काममा फर्किने



काठमाडौं, ३१ असार । पत्नी वियोगमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल भोलिबाट नियमित काममा फर्कने भएका छन् । गत बुधबार विहान प्रधानमन्त्री पत्नी सीता दाहालको निधन भएको थियो । बुधबारदेखि आज आइतबारसम्म प्रधानमन्त्री दाहालको औपचारिक कार्यक्रम छैन् ।

प्रधानमन्त्री दाहालको सचिवालयले शोक कार्यक्रम आजसम्मको लागि राखिएको जनाएको थियो । भोलि (सोमबार) बाट भने प्रधानमन्त्री दाहाल नियमित काममा फर्कने बताईएको छ । अहिले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा विहान २ घण्टा र अपरान्ह २ घण्टा गरेर दैनिक चार घण्टा श्रद्धाञ्जलीको लागि समय छुट्याईएको छ ।

बालुवाटारमा विभिन्न दलका नेता तथा कार्यकर्ताहरुको बाक्लो उपस्थिति हुने गरेको छ । प्रधानमन्त्री दाहालले सीता दाहालको श्रद्धाञ्जलीको आउनेहरुसँग आफूहरुको लागि शोकलाई शक्तिमा बदल्नको लागि उनीहरुको उपस्थिति र श्रद्धाञ्जली ठूलो कुरा भएको बताउने गरेका छन् ।

प्रधानमन्त्री दाहाल भोलिदेखि सिंहदरबार नै आएर काम गर्छन वा अझै एक/दुई दिन बालुवाटारबाटै काम गर्छन् ? त्यो भने हेर्न बाँकी छ । तर, उनी भोलिबाट राजनीतिक भेटवार्ता र नियमित काममा फर्कने भने निश्चित् भएको छ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता