Logo

सेलिशालाई आर्थिक सहयोग



काठमाण्डौं,असार ३० । अखिल नेपाल टेबलटेनिस संघले क्यान्सरको उपचार गराइ रहेकी टेबलटेनिस खेलाडी सेलिशा खड्गीलाई शनिबार उपचार खर्च सहयोग स्वरुप प्रदान गरेको छ ।

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा टेबलटेनिस संघका अध्यक्ष चतुरानन्दराज वैद्यले सेलिशाका पिता सुनीललाई ९ लाख ६० हजार रुपैयाँ बराबरको चेक हस्तान्तरण गरे ।

टेबलटेनिस संघले सेलिशाको उपचार खर्च संकलन गर्न टेबलटेनिस प्रशिक्षक सन्ध्या शाक्यको संयोजकत्वमा आर्थिक सहयोग संकलन समिति गठन गरेको थियो । सेलिशाको उपचारमा सहयोग गर्न संघले राष्ट्रिय खुला टेबलटेनिस प्रतियोगता आयोजना गर्नुका साथै विभिन्न महानुभाव र संघ संस्थासंग आग्रह पनि गरिएको थियो ।

सबैबाट संकलित ९ लाख ६० हजार रुपैयाँ उपचारका लागि हस्तान्तरण गरिएको टेबलटेनिस संघका प्रथम उपाध्यक्ष धर्ममान वज्राचार्यले जनाएका छन् । सेलिशाको भारतमा राजीव गान्धी अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता