Logo

होन्डाको १२५ सिसीको डिओ सार्वजनिक



काठमाडौं, २९ असार । होन्डा मोटरसाइकल एन्ड स्कुटर इन्डिया (एचएमएसआई)ले भारतीय बजारमा १२५ सिसीको नयाँ स्कुटर सार्वजनिक गरेको छ। कम्पनीले दुईवटा भेरियन्टमा १२५ सिसीको डिओ स्कुटर सार्वजनिक गरेको हो।

होन्डाको डिओ भारतसँगै नेपाली बजारमा पनि लोकप्रिय स्कुटरमध्ये पर्छ। भारतीय बजारको लागि होन्डाले यसपटक स्टान्डर्ड र स्मार्ट गरी दुई भेरियन्टमा स्कुटर सार्वजनिक गरेको हो।

स्टान्डर्डको मूल्य भारु ८३ हजार चार सय तोकिएको छ भने स्मार्ट भेरियन्टको मूल्य भारु ९१ हजार तीन सय रुपैयाँ तोकिएको छ।

होन्डाको नयाँ डिओ १२५ मा पिजिएम एफआई इन्जिन दिइएको छ। यसको बाहिरी आवरण निकै स्पोर्टी ढंगले डिजाइन गरिएको छ।

स्कुटरमा एच-स्मार्ट प्रविधिको स्मार्ट की फिचर दिइएको छ। स्कुटरमा १७१ एमएम ग्राउन्ड क्लेरेन्स दिइएको छ। यसमा १८ लिटरको बुट स्पेस छ। नयाँ डिओ १२५ मा डिजिटल ड्यासबोर्ट दिइएको छ भने यसमा एलइडी हेडलाइट पाउन सकिन्छ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता