Logo

संघीय संसदका दुवै सदनको बैठक आज बस्दै



काठमाण्डौं,असार २९ । संघीय संसदका दुवै सदनको बैठक आज बस्दैछ।  प्रतिनिधिसभाको दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा मिटर ब्याजसम्बन्धी विधेयक कार्यसूचीबाट हटाएर अन्य विषय कार्यसूचीमा राखिएको छ ।

यो विधेयक पारित गर्ने दिन गत असार २० गते एमालेले सदन अवरुद्ध गरेको थियो जसका कारण सरकारले अध्यादेशमार्फत ल्याएको कानुन निस्क्रय छ। अध्यादेश प्रतिस्थापन गर्न ल्याइएको विधेयकलाई गत असार २०, २२ र २४ गते पारित गर्ने कार्यसूची राखिए पनि एमालेले संसद् अवरुद्ध गरेपछि रोकिएको हो ।

आजको बैठकमा प्रतिनिधिसभाका सचिव पद्मप्रसाद पाण्डेयले प्रतिनिधि सभामा उत्पति भएको “विनियोजन विधेयक, २०८०”का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशको जानकारी गराउनेछन् ।

यस्तै “केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक, २०८०” लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसदहरु ज्ञानबहादुर शाही, प्रेम सुवाल, सोबिता गौतम र सुमना श्रेष्ठबाट प्राप्त विरोधको सूचनाहरुलाई निर्णयार्थ प्रस्तुत गरिनेछ ।

कानून, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङ्गले “केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक, २०८०” पेश गर्नेछन्। बैठकमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री अशोक कुमार राइले राष्ट्रिय सभामा उत्पत्ति भएको “नेपाल विश्वविद्यालय विधेयक, २०८० माथी विचार गरियोस” भन्नेप्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसुचि छ ।

यसैबिच राष्ट्रियसभाको बैठक बिहान सवा ११ बजे बस्दैछ। बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक दफावार छलफल र पारितका लागि पेश गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता